+
+

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १०:५३

७ असार, काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस वर्ष ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस नेपालमा पनि मनाइएको हो ।

विश्व योग दिवस २०२४ को अवसरमा भक्तपुरमा आयोजना गरिएको योग कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका थिए । उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउने बताए । ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश भएको बताए । योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै उनले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गरे ।

दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रस्तुत गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।

योगबारे जानकारी दिँदै योग साधक एवं वागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटीले मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?