+
+

इंग्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १२:५३

७ असार, काठमाडौं । युरो कप २०२४ अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले डेनमार्कसँग १-१ को बराबरी खेलेको छ ।

फ्रांकफर्ट एरेनामा भएको खेलमा इंग्ल्याण्डले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

खेलको १८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । डेनमार्कका मार्टेन हलमन्डले ३४औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा दुवै टोलीले गोल थप्न नसक्दा खेल १-१ को बराबरीमा सकियो । बराबरीपछि इंग्ल्याण्डले एक खेल अगावै नकबउट चरणमा प्रवेश गर्ने मौका गुमाएको छ ।

दुई खेलबाट इंग्ल्याण्ड ४ अंकसहित समूह सी को शीर्ष स्थानमा छ । इंग्ल्याण्डले पहिलो खेलमा सर्वियालाई १-० ले पराजित गरेको थियो ।

डेनमार्कको भने यो लगातार दोस्रो बराबरी हो । यसअघि पहिलो खेलमा डेनमार्क स्लोभेनियासँग १-१ कै बराबरीमा रोकिएको थियो । डेनमार्क २ अंकसहित दोस्रो स्थानमा छ ।

अब अन्तिम खेलमा इंग्ल्याण्डले स्लोभेनियासँग तथा डेनमार्कले सर्वियासँग खेल्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?