+
+

यूएसएआईडी किसान २ परियोजना : २ लाख ७० हजार बढी किसान लाभान्वित 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १२:४६

काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) किसान २ परियोजनाबाट नेपालका २ लाख ७० हजार ६०० भन्दा बढी किसान लाभान्वित भएका छन् ।

किसान २ परियोजना सम्पन्न भएको अवसरमा आयोजित आदानप्रदान कार्यक्रममा यूएसआईडीले यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिबारे प्रदर्शन गरिएको थियो ।

जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाबाट ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका किसानलाई सहयोग गरिएको यूएसआईडीले जनाएको छ ।

यूएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबीचको साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ ।

किसान २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६०० कृषि सल्लाहकार किसानलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्‍याएको छ । साथै ३५ हजारभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ ।

यस सहयोगले उत्पादन १३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको छ ।

जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दूयुएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्नसक्ने गरी सशक्त बनाएको उल्लेख छ ।

अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानलाई उनीहरूको आय वृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषिको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुगेको बताइन् ।

किसान २ परियोजनाको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन ज्ञानसामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो ।

सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपाली  किसानलाई  कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?