+

विश्वकप क्रिकेटमा स्टार्कले बनाए कीर्तिमान

२०८१ असार  ७ गते १२:५५ २०८१ असार ७ गते १२:५५
विश्वकप क्रिकेटमा स्टार्कले बनाए कीर्तिमान

७ असार, काठमाडौं । अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क ह्वाइट बल क्रिकेट विश्वककपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

ओडिआई र टी-२०आई मा गरी स्टार्कले सर्वाधिक ९५ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्क र श्रीलंकन लासिथ मालिंगाले समान ९४ विकेट लिएका थिए ।

जारी टी-२० विश्वकप अन्तर्गत शुक्रबार बिहान सुपर एटको खेलमा बंगलादेश विरुद्ध १ विकेट लिँदै स्टार्कले सर्वाधिक विकेट लिएका हुन् । स्टार्कले तान्जद हसनलाई आउट गरेका थिए।

३४ वर्षीय स्टार्कले ५२ खेलमा उक्त उपलब्धी हासिल गरेका हुन् । उनले ओडिआईमा ६५ र टी२०आईमा ३० विकेट लिएका छन् ।

स्टार्कले १२ वर्षमा यो उपलब्धी आफ्नो नाममा लेखाएका हुन् । उनले सन् २०१२ सेप्टेम्बरमा आयरल्याण्डका पउल स्टर्लिङलाई आउट गर्दै विश्वकपमा पहिलो विकेट लिएका थिए ।

यस्तै मालिंगाले ओडिआईमा ५६ र टी२० आई मा ३८ विकेट लिएका छन् । तेस्रो स्थानमा रहेका बंगलादेशका शकिब अल हसनले ओडिआईमा ४३ र टी-२०आईमा ४९ गरी कूल ९२ विकेट लिएका छन् ।

क्रिकेट मिचेल स्टार्क विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय