+
+

भक्तपुर नगरपालिकाले किसानलाई कृषि ऋणको व्यवस्था गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १३:१५

७ असार, काठमाडौं । भक्तपुर नगरपालिकाले किसानका लागि कृषि ऋणको व्यवस्था गर्ने भएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा कृषक सुविधाका लागि ऋण दिने घोषणा गरेको हो ।

सहुलियत दरमा किसानलाई बिउबिजन वितरण र कृषि चुनको प्रयोगलाई प्राथमिकता दिइने घोषणा पनि नगरपालिकाले गरेको छ ।

वडावडामा रहेका कृषक समूहलाई सक्रिय बनाउने भन्दै नगरपालिकाले स्थानीय प्रजातिका बिउ संरक्षणलाई जोड दिने नीति ल्याएको छ ।

नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल प्रयोग विधिबारे किसानलाई आवश्यक तालिम दिएर कम्पोस्ट मल प्रयोग गर्न प्रोत्साहित गरिने नीति कार्यक्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?