
७ असार, काठमाडौं । भक्तपुर नगरपालिकाले किसानका लागि कृषि ऋणको व्यवस्था गर्ने भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा कृषक सुविधाका लागि ऋण दिने घोषणा गरेको हो ।
सहुलियत दरमा किसानलाई बिउबिजन वितरण र कृषि चुनको प्रयोगलाई प्राथमिकता दिइने घोषणा पनि नगरपालिकाले गरेको छ ।
वडावडामा रहेका कृषक समूहलाई सक्रिय बनाउने भन्दै नगरपालिकाले स्थानीय प्रजातिका बिउ संरक्षणलाई जोड दिने नीति ल्याएको छ ।
नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल प्रयोग विधिबारे किसानलाई आवश्यक तालिम दिएर कम्पोस्ट मल प्रयोग गर्न प्रोत्साहित गरिने नीति कार्यक्रममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4