+
+

भक्तपुरको नीति तथा कार्यक्रम : प्रविधिमैत्री सेवामा जोड (पूर्णपाठ सहित) 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १३:३६

७ असार, काठमाडौं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकालका प्रमुख सुनिल प्रजापतिले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रविधिमैत्री विद्युतीय सेवालाई जोड दिइएको छ ।

नेपाल मजदुर किसान पाटीले जितेको एक मात्रै स्थानीय तह भक्तपुरमा नगरप्रमुख प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अनलाइनमार्फत नक्सापास प्रक्रिया सुरु गर्नेदेखि जीपीएस प्रणाली सहितको ठेगाना लागु गरिने उल्लेख छ ।

‘करदाताहरूलाई कर बुझाउन सहजताका लागि क्यूआर कोडमार्फत अनलाइन राजस्व संकलनको व्यवस्था गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

आन्तरिक एवम् वाह्य पर्यटक आगमन वृद्धिलाई ध्यानमा राखेर नगरका महत्त्वपूर्ण ठाउँहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था गरिने उल्लेख छ । नगरपालिकाको ख्वपः टेलिभिजन सञ्चालन गर्ने समेत घोषणा गरेको छ ।

घर घरबाट निस्किने कुहिने फोहरबाट प्राङ्गारिक मल सीएनबीएम प्रविधिबाट निर्माण कार्य गर्दै आएकोमा थप व्यवस्थित गरी किसानहरूलाई वितरण गरिने कार्यक्रममा उल्लेख छ ।

नगरपालिकामार्फत उत्पादित कम्पोस्ट मल प्रयोग विधिबारे किसानहरूलाई आवश्यक तालिम दिई कम्पोस्ट मल प्रयोग गर्न प्रोत्साहित गरिने कार्यक्रममा छ ।

हेर्नुहोस् पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?