+
+

‘डन ३’ मा शाहरुख नभएकोमा निराश फ्यानलाई फरहानले भने- पुनर्मिलन, शतप्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १४:२२

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक फरहान अख्तरले फिल्म ‘डन’को तेस्रो शृंखलामा शाहरुख खानसँग सहकार्य नगरेकोमा फ्यानहरु निराश थिए । अहिले ‘डन २’ को धमाधम छायांकन भइरहेको छ । यो फिल्मको शीर्ष भूमिकामा रणवीर सिंह छन् ।

यसैबीच, निराश भएका फ्यानहरुलाई आशा जगाउन फरहानले शाहरुखसँग भेट गरेको तस्वीर सेयर गरेका छन् । उनले भविष्यमा बलिउड बादशाहसँग अर्को फिल्ममा काम गर्ने संकेत समेत दिएका छन् ।

पिंकभिल्लासँग अन्तर्वार्तामा फरहानले भनेका छन्, ‘शाहरुख खानसँग पुनर्मिलन, शतप्रतिशत । हामी सँगै काम गर्न चाहने कुरा भेट्नेछौं र म पक्का छु कि हामी गर्नेछौं ।’

‘डन ३’ मा रणवीर र कियारा आडवाणीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?