+
+

बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १७:२५
फाइल तस्वीर

७ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको दाबी गर्दै उनले मौद्रिक नीति बजेटसँग तालमेल हुने गरी आउने बताए ।

वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य हुन्छ कि हुँदैन भन्नेबारे मानिसले विगतदेखि टिप्पणी गर्ने गरेको भन्दै पुनले वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने बताए ।

‘मानिसले मौद्रिक नीतिले सार्वजनिक वित्त नीतिलाई सपोर्ट गर्छ कि गर्दैन भनेर टिप्पणी गरिरहेको सुनिन्छ । विगतमा पनि त्यस्तो टिप्पणी हुने गरेका थिए,’ मन्त्री पुनले भने, ‘नेपाल राष्ट्र बैंक राज्यकै निकाय भएकाले वित्त नीतिभन्दा फरक हुँदैन भन्ने विश्वास छ । नीतिगत एकरूपता भएपछि अनावश्यक टिप्पणी र आशंका गर्ने ठाउँ हुँदैन । नतिजा पनि राम्रै आउँछ ।’

मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुने आधार देखिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?