+

बच्चालाई बोल्न सिकाउने बेला अभिभावकले गर्न नहुने ६ गल्ती

२०८१ असार  ९ गते १२:०० २०८१ असार ९ गते १२:००
बच्चालाई बोल्न सिकाउने बेला अभिभावकले गर्न नहुने ६ गल्ती

आफ्नो बच्चाले जतिसक्दो चाँडो बोलेको सुन्न नचाहने अभिभावक को होला र ? तर आफ्नो बच्चालाई छिटो बोल्न सिकाउने चाहनामा अभिभावकले केही गल्ती गर्ने गर्छन् । यसले गर्दा बच्चाको बोली विकास सुस्त हुन जान्छ । त्यसैले यो समयमा हरेक सानो कुराको ख्याल राख्नु जरुरी हुन्छ । किनकि यसबेला बच्चाले जे देख्छ, त्यही बानी अपनाउने वा सिक्ने गर्छ ।

त्यसैले आमाबाबुले बच्चाको बोली विकासको क्रममा केही गल्तीमा विशेष ध्यान दिनुपर्छ । अन्यथा, यो बच्चाको बोली विकासमा पनि बाधा हुनसक्छ ।

बच्चाको बली विकासको क्रममा ध्यान दिनुपर्ने ६ कुरा

स्पीच थेरापी नगराउने

धेरै आमाबाबुले आफ्नो बच्चालाई छिटो बोल्न सिकाउन स्पीच थेरापी गराउँछन् । तर बच्चालाई चिकित्सकको सल्लाह विना स्पीच थेरापी गर्नुहुँदैन । किनभने बच्चाले ढिलो बोल्नुको अन्य धेरै कारण हुनसक्छन् । त्यसैले चिकित्सकलाई जाँच गराएर ढिलो बोल्नुको समस्या पत्ता लगाएर मात्र स्पीच थेरापी गराउनुपर्छ । समस्या के हो थाहा नभई स्पीच थेरापी गराएमा पछि अन्य समस्या निम्त्याउन सक्छ ।

अभिभावकको अर्को गल्ती आफ्नो बच्चाको विकासलाई अरुसँग तुलना गर्ने हो । साथै हरेक बालबालिकाको विकास प्रक्रिया फरक हुन्छ । यस्तो अवस्थामा अनावश्यक तनावले आमाबुवा र बच्चा दुवैलाई समस्या निम्त्याउन सक्छ ।

बच्चासँग कुरा नगर्नु

आमाबाबुको अर्को सबैभन्दा ठूलो गल्ती हो, बच्चाहरुसँग कुराकानी नगर्नु । आमाबाबुले बच्चासँग कुरा गर्दैनन् भने यसले बच्चाको बोली विकासमा बाधा पुर्‍याउन सक्छ । किनभने बच्चाहरू प्राय: अभिभावकले बोलेको सुनेर भाषा सिक्छन्, त्यसैले उनीहरुलाई कुराकानीमा समावेश गर्नु महत्वपूर्ण हुन्छ । बच्चालाई नियमित रूपमा पढ्न सिकाउन, दैनिक कार्यहरू सिकाउन, शब्दहरू बुझ्न र प्रयोग गर्न मद्दत गर्नु आवश्यक हुन्छ ।

अत्याधिक सुधार गर्न खोज्नु

बच्चाले बोलिरहँदा अत्याधिक सुधार गर्नु अर्को गल्ती हो । त्यसैले बच्चाको बोलीमा सुधार गर्नबाट पनि बच्नुपर्छ । यस्तो भन्दैमा सुधार गर्नुहुँदैन भन्ने होइन तर उनीहरुको गल्तीमा सुधार गर्नुभन्दा तिनीहरूलाई सही तरिकाले कसरी बोल्ने भनेर सिकाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

हरेक कुरामा बाधा अड्चन वा टोक्ने बानीले बच्चालाई समस्या निम्त्याउन सक्छ । उदाहरणका लागि बोलेको नमिल्ने डरले बोल्नै कम गर्ने वा बोल्नै छोड्ने हुनसक्छ । बरु अभिभावकले बच्चाले भनेका सबै कुरा सही रूपमा दोहोर्‍याउनुपर्छ र उसको प्रयासलाई प्रोत्साहन दिने गर्नुपर्छ ।

स्क्रिन टाइम

बच्चाको बोली विकास गर्न स्क्रिन टाइम नियन्त्रण गर्नुपर्छ । यसमा ज्ञान शिक्षा सम्बन्धित चीजहरू देखाउन लाभदायक हुन्छ । तर स्क्रिन टाइमको अत्याधिक बानीले बच्चाको मानसिक स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । यसले बच्चालाई बोल्नुको सट्टा बोल्ने बच्चालाई पनि नबोल्ने बनाउन सक्छ ।

समान उमेरसँग राख्ने

आजभोलि बच्चा झगडा गर्छ, फोहोर हुन्छ भनेर बच्चालाई समान उमेरसँग राख्दैनन् । यो अभिभावकको अर्को गल्ती हो । अभिभावकले बच्चालाई आफ्नो उमेरका बच्चाहरूसँग समय बिताउन दिनुपर्छ । किनकि अरु बालबालिकालाई देखेर उसले पनि बोल्न र अगाडि बढ्न सिक्छ । यसबाट बच्चाको शब्द लिने र बुझ्ने क्षमता स्वतः बढ्छ ।

मन्टेश्वरीमा पठाउने

बच्चालाई घरमै राख्नुभन्दा मन्टेश्वरीमा पठाउनु राम्रो विकल्प हो । यसले बच्चालाई नयाँ शब्द सिक्न, बुझ्न, र अन्य बालबालिकासँग घुलमिल गर्न मद्दत गर्छ । तर बच्चा तीन वर्षभन्दा बढी भइसकेको छ तर बोल्न सिकेको छैन भने उसलाई चिकित्सकलाई जाँच गराउनुपर्छ । किनभने कहिलेकाहीं शरीरमा केही कमीको कारणले पनि नबोलेको हुनसक्छ ।

एजेन्सीको सहयोगमा

बालबच्चा बोल्ने कला लालनपालन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?