
काठमाडौं । ग्लोबल आईएमई बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले आरुष लाइफस्टाइल हस्पिटलका सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र हस्पिटलबीच विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा एक सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले हस्पिटलको सेवा लिइसकेपछि भुक्तानीमा १० देखि ३० प्रतिशतसम्म छुट पाउने छन् ।
आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, थिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछी विराटनगरस्थित शाखा कार्यालयबाट छुट पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4