+
+

रोहतो मेन्थोलाटम नेपालको लक्की ड्र अफर : टियागो ईभी जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १८:१५

काठमाडौं । रोहतो मेन्थोलाटम नेपालले रोमाञ्चक कार बोनान्जा लक्की ड्र अफर घोषणा गरेको छ । ५औं वार्षिकोत्सवको अवसरमा मेन्थोलाटम नेपालले  ग्राहकका लागि लक्की ड्र अफर घोषणा गरेको हो ।

यो विशेष प्रमोसन नेपालभरिका २७ वटा भाटभटेनी सुपरमार्केटहरूमा उपलब्ध हुनेछ, जहाँ ग्राहकहरूले नयाँ टाटा टियागो ईभी जित्ने मौका पाउनेछन् ।

१५ जुन २०२४ देखि १५ सेप्टेम्बर २०२४ सम्म ग्राहकहरूले कुनै पनि दुई रोहतो उत्पादनहरू भाटभटेनी सुपरमार्केटहरूबाट खरिद गरेमा लक्की ड्रमा सहभागी हुन सक्नेछन् र वातावरणमैत्री टाटा टियागो ईभी जित्न सक्नेछन् ।

५औं वार्षिकोत्सवमा पुग्नु रोहतो मेन्थोलाटम नेपालका लागि एक महत्वपूर्ण उपलब्धि भएको रोहतो मेन्थोलाटम नेपालका प्रबन्ध निर्देशक सुन्सुके सिनोडाले बताए ।

अफरमा सहभागी हुनका लागि कुनै पनि २ रोहतो उत्पादनहरू खरिद गरेको रसिद बुझाएर भाटभटेनी सुपरमार्केटको काउन्टरबाट लक्की ड्र कुपन भर्नुपर्ने हुन्छ । विजेताको घोषणा सेप्टेम्बर २०२४ मा गरिने र विजेतालाई पुरस्कार हस्तान्तरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?