
७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गर्भनर डा. निलम ढुंगाना तिम्सिनाले रेमिट्यान्समा भएको वृद्धिले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।
नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यक्रममा उनले वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र रेमिट्यान्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने बताइन् ।
त्यसका लागि राष्ट्र बैंकले नेपाल मुद्रा विप्रेषक संघसँग सहकार्य गर्न तयार रहेको उनले बताइन् ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलस प्रसाद घिमिरेले रेमिट्यान्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको उनको भनाइ छ ।
राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिट्यान्स कम्पनीलाई सुझाव दिए ।
नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टन्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिटेन्समा वृद्धि हुने बताए ।
जसले विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि भई राजस्व योगदानमा समेत वृद्धि हुने बताए ।
प्रतिक्रिया 4