+
+

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन : गृहमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १८:५०

७ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने दाबी गरेका छन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् ।

उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरेका छन् । उनले भने, ‘जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । जुन पूरा गर्न हामी मिहिनेत र लगनका साथ लागेका छौं । तर वर्षौंदेखिको बेथिति चिर्न केही समय लाग्छ नै ।’

सरकारमा गएको भर्खरै एक सय दिन पुगेको र यो बीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको लामिछानेले बताए । उनले भने, ‘मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हामी पक्कै फरक छौं । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?