+
+

मध्यकालीगण्डकी आयोजनालाई ११ अर्ब जुट्यो, ६ बैंकले लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १९:१३

७ असार, काठमाडौं ।  मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने भएका हुन् ।

शुक्रबार आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

आयोजनामा नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैकले लगानी गर्नेछन् ।

आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित रहेको जनाएको छ । आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् ।

कुल ऋणमध्ये नबिल बैंकले ३ अर्ब  १२ करोड,  एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २/२ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैकले १/१ अर्ब रूपैयाँ लगानी गर्नेछन् ।

मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ देखि सुरुभई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ र वर्षामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?