+
+

पुराना दलसँग लसपस गरिरहे रास्वपा पनि हराउँछ : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १९:१७

७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हराएर जानसक्ने बताएका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा बोल्दै भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्ने सुझाव दिए ।

उनले भने, ‘वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनका लागि रणनीति बनाउनुपर्छ । यसैगरी पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले नोक्सान गर्ने र हराउने खतरा हुन्छ ।’

भट्टराईले रास्वपाको दुई वर्षे उमेरमा गरेको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘राम्रो प्रगति गरिरहनुभएको छ । अझै प्रगति गर्नुस् । खाली एउटै सुझाव छ- अब पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?