+
+

त्रिवि प्राध्यापक संघको चुनाव फेरि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १९:३०

७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा)को चुनाव फेरि स्थगित भएको छ ।

७, ८ गते हुने भनिएको चुनावको लागि तोकिएका प्रतिनिधि अवैध भएको भन्दै प्राध्यापक तथा शिक्षकहरूले प्रश्न उठाउँदै आएका थिए ।

निर्वाचन समितिले ३ गते चुनावको कार्यतालिका सार्वजनिक गर्दै आज प्रतिनिधिको नामावली सार्वजनिक गर्ने जनाएको थियो । भाेलि चुनावको कार्यतालिकका तोकिएको थियो ।

तर बिहीबार प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वका प्राध्यापक तथा शिक्षकहरूले प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै टुटाको कार्यालय कीर्तिपुर र शंकरदेवमा रहेको निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।

९ मंसिर २०८० मा पनि प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि चुनाव स्थगित भएको थियो । त्यही चुनाव सम्पन्न गर्ने भन्दै निर्वाचन समितिले १२ जेठमा सूचना जारी गरेको थियो । तर विवाद समाधान नहुँदा फेरि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?