+
+

विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते २१:१२

७ असार, काठमाडौं । सरकारले विद्युत नियमन आयोगकोे अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?