
७ असार, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट भैसेपाटीका मनोज बाँनिया घाइते भएका छन् । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
चार जनाको समूहमा आएका व्यक्तिले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूहको पहिचान भइसकेको एसपी सुवेदीले बताए ।
बाँनियाले छेडामा बतासे कटेज बनाउँदैछन् । सोही क्रममा उनीमाथि खुकुरी प्रहार भएको बताइएको छ । बाँनियाको अवस्था खतरामुक्त रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4