+

रूपसिंहले न्युजिल्यान्ड च्याम्पियनसिप खेल्ने

२०८१ असार  ७ गते २०:५३ २०८१ असार ७ गते २०:५३
रूपसिंहले न्युजिल्यान्ड च्याम्पियनसिप खेल्ने

७ असार, काठमाडौं । आईटीएफ तेक्वान्दो खेलाडी रूपसिंह तामाङले दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने भएका छन् ।

जुन २४ देखि २६ सम्म न्युजिल्याण्डमा हुने अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा रूपसिंहले नेपालबाट सहभागिता जनाउने भएका हुन् ।

न्युजिल्याण्डको हास्टिङ स्पोर्टस् सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले तामाङलाई बिदाइ गरेका थिए । उनी शुक्रबार न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।

आईटीएफ तेक्वान्दो पाँचौं डान रहेका तामाङले आईटीएफको दुई वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाइसकेका छन् ।

न्युजिल्यान्ड च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय