+

युक्रेनको पुनरागमन जित

२०८१ असार  ७ गते २२:०३ २०८१ असार ७ गते २२:०३
युक्रेनको पुनरागमन जित

७ असार, काठमाडौं । दोस्रो हाफमा दुई गोल गर्दै युक्रेनले युरो २०२४ मा स्लोभाकियाविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ । जर्मनीको डुसेलडोर्फमा शुक्रबार साँझ भएको खेलमा इभान स्रान्जले १७औं मिनेटमा गोल गर्दै स्लोभाकियलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा स्लोभाकियाले अग्रता कायम राखेपनि दोस्रो हाफमा त्यसलाई जोऊउन सकेन ।

युक्रेनले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल गर्‍यो । माइकोला सापारेन्कोले ५४औं मिनेटमा युक्रेनका लागि बराबरी गोल फर्काए । त्यसपछि रोमन यारेमचुकले ८०औं मिनेटमा गोल गर्दै युक्रेनलाई २-१ को जित दिलाए ।

पहिलो खेलमा रोमानियासँग पराजित भएको युक्रेनले पहिलो जित निकाल्दै समूह ई मा दुई खेलबाट ३ अंक जोडेको छ ।

उता पहिलो खेलमा बेल्जियमलाई १-० ले स्तब्ध पारेको स्लोभाकियाको यो पहिलो हार हो ।

युक्रेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय