+
+

‘घरज्वाइँ’मा दयाहाङकी ‘बिन्जुरी’ बनेकी मिरुना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १:१९

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ रिलिज भएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर छ ।

प्रेमिल शैलीको गीतमा दयाहाङ र मिरुनाप्रतिको प्रेमाकर्षणलाई प्रस्तुत गरिएको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।

अनिल बुढामगरको डेब्यु फिचर फिल्म असार २८ गते प्रदर्श तयारीमा छ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।

पूर्वीरुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा र संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

सुसन प्रजापतिले फिल्म खिचेका हुन । ‘घरज्वाइँ’मा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

एसडी योगी तथा राम अविरल विष्टसहित हर्क साउदका गीत र मनोज थापाको समेत संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?