+
+

‘कल्की २८९८ एडी’को ट्रेलर : दीपिकालाई समात्न प्रभास र अमिताभको संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १:५२

काठमाडौं । दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज तयारीमा छ । टीजर रिलिज भइसकेको छ । यतिबेला निर्माताले हिन्दी भाषामा ट्रेलर सार्वजनिक गरेका छन् ।

२ मिनेट २२ सेकेन्डको भिडियोमा धेरै नयाँ दृश्य र पक्ष समावेश छन् । अमिताभ बच्चन अश्वत्थामाको भूमिकामा पदमा अर्थात दीपिका पादुकोणलाई बचाइरहेका छन् । तर, प्रभास उनलाई समातेर भिलेन कहाँ लैजान चाहन्छन् ।

त्यसैले यी पात्रबीच ट्रेलरमा प्रतिस्पर्धा देखाइएको छ । ‘कल्की २८९८ एडी’मा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, दिशा पटानी र कमल हसन देखिदैछन् । नाग अश्विनको निर्देशनमा बनेको यो साइन्स फिक्सन फिल्म जुन २७, २०२४ मा रिलिज हुनेछ ।

ट्रेलरमा अमिताभ र प्रभास एकअर्कासँग लडिरहेको देखाइएको छ । अघिल्लो ट्रेलरको तुलनामा यो २ मिनेट २२ सेकेन्डको भिडियोमा फ्यानले धेरै नयाँ दृश्य र पौराणिक कथा–विज्ञान कथाको अनुपम संगम देख्न पाउनेछन् ।

६०० करोड भारु बजेटमा बनेको यो फिल्म तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ । फिल्ममा राजेन्द्र प्रसाद, शोभना, शाश्वत चटर्जी, ब्रह्मानन्दम, पशुपति र कीर्ति सुरेशको पनि अभिनय रहनेछ । हालै मुम्बईमा यस फिल्मको प्रि-रिलिज कार्यक्रम आयोजना गरिएको थियो, जसमा दीपिकाको बेबी बम्पको निकै चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?