+
+

अन्तरिक्षमा चीनले देखायो अर्को तागत

एजेन्सी एजेन्सी
२०८१ असार ८ गते ७:४७

अन्तरिक्षमा वर्तमान समयमा चीनले अमेरिकालाई टक्कर दिइरहेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले विभिन्न देशसँग मिलेर स्पेस स्टेशन बनायो । जबकि चीनले भने एक्लै आफ्नो स्पेस स्टेशन तयार पारेर सञ्चालन गरिरहेको छ ।

यसैबीच आफ्नो अन्तरिक्ष प्रविधिको क्षमता प्रदर्शन गर्दै चिनियाँ अन्तरिक्षयात्रीले निकै महत्वपूर्ण तथा ठूलो कार्य गरेका छन् ।

सार्वजनिक भएको एउटा भिडियो फुटेजमा चिनियाँ अन्तरिक्षयात्रीहरू पृथ्वीको माथि झुण्डिरहेको देख्न सकिन्छ।

चीनको तियांगोंग स्पेस स्टेशनको रोबोटिक हात अन्तरिक्षमा फैलिएको छ । अन्तरिक्ष स्टेशनका क्यामराहरूले शानदार दृश्य कैद गरेका छन् ।

चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सिएमएसए)ले सो भिडियो जारी गरेको हो । त्यसमा अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्षयात्रीहरुले स्पेस वाक गरेको देख्न सकिन्छ।

उक्त भिडियो यस्तो मज्जाले खिचिएको छ कि त्यहाँबाट पृथ्वीको दृश्य पनि देख्न सकिन्छ।
अन्तरिक्ष अन्वेषणमा यो चीनको बढ्दो उपस्थितिको द्योतक हो ।

चीनको तियांगगोंग स्पेस स्टेशन विभिन्न अभूतपूर्व उपलब्धिहरूको स्थल बनिरहेको छ । त्यसमा अन्तरीक्षमा हिड्ने अर्थात् स्पेसवाक देखि विभिन्न अत्याधुनिक वैज्ञानिक प्रयोगहरू पनि सामेल छन् ।

स्पेसवाकको कीर्तिमान

यसअघि गत अप्रिलको अन्त्यतिर चीनले शेन्झोइ १८ मिसन लञ्च गरेको थियो । उक्त मिसनका माध्यमबाट चीनले साडे ८ घण्टाको स्पेसवाकको इतिहास रचिसकेको छ । चीनका अन्तरिक्षयात्रीहरुले गरेको यो सबैभन्दा लामो स्पेसवाक हो ।

यो भिडियोले अब चीनले अन्तरिक्ष अन्वेषणमा नासालाई टक्कर दिन थालेको सहजै अड्कल काट्न सकिन्छ । तियांगगोंगमा आफ्नो ६ महिने कार्यकालका क्रममा शेनझोउ १८ मिसनका अन्तरिक्षयात्रीहरू विभिन्न वैज्ञानिक प्रयोगमा पनि सहभागी हुनेछन् । त्यसमा विभिन्न प्रयोग गर्ने, स्टेसनलाई अन्तरिक्ष फोहोरबाट जोगाउनका लागि नयाँ नयाँ उपकरण जोड्ने तथा विज्ञान शिक्षालाई बढावा दिने लगायतका काम पर्दछन् ।

अन्तरिक्षमा क्षमता मापन

चिनियाँ मानवयुक्त अन्तरिक्ष कार्यक्रम एजेन्सीले जारी गरेको भिडियोमा शेनझोउ १८ चालक दलले चिनियाँ स्पेस स्टेशनमा विभिन्न प्रयोग गरिरहेको देख्न सकिन्छ ।

अन्तरिक्षयात्री ये गुआंगफू, ली कांग तथा ली गुआंगसुले आफ्नो क्षमता मापनसँग सम्बन्धित परिक्षण गरे । उक्त परीक्षणका क्रममा दुवै हात तथा एउटा मात्रै हातले धक्का दिने र तान्ने सँगै घुमाउरोयुक्त शक्तिको परीक्षण पनि गरेका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?