+

अमेरिकाले दियो वेस्ट इन्डिजलाई १२९ रनको लक्ष्य

२०८१ असार  ८ गते ८:१३ २०८१ असार ८ गते ८:१३
अमेरिकाले दियो वेस्ट इन्डिजलाई १२९ रनको लक्ष्य

८ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत अमेरिकाले वेस्ट इन्डिजलाई १२९ रनको लक्ष्य दिएको छ ।

ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भयो ।

अमेरिकाका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, अली खानले १४ र बरोन जोन्सले ११ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले तीन/तीन, अल्जारी जोसेपले २ तथा गुडाकेश मोतीले एक विकेट लिए ।

सुपर-८ मा दुवै टोलीले एक/एक खेलमा हार व्यहोरेका छन् । वेष्ट इन्डिज इंग्ल्यान्ड र अमेरिका साउथ अफ्रिकासँग पराजित भएको हो ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय