+

रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

२०८१ असार  ८ गते ११:०३ २०८१ असार ८ गते ११:०३
रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

८ असार, काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।

ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।

 

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय