+
+

भक्तपुरमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १२:०५

८ असार, काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।

घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल-९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?