+
+

इन्स्टाग्राममा फलोअर्स बढाउने केही टिप्स

एजेन्सी एजेन्सी
२०८१ असार ८ गते १३:१३

सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम हरेक उमेर समूहका प्रयोगकर्ता र खासगरी युवाहरुबीच निकै लोकप्रिय रहेको छ ।

इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब रहेको छ । सेलिब्रेटीदेखि व्यवसायी र आम मानिस सबैको रोजाइमा पर्ने इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउने चाहना सायद सबैको हुन्छ । तर, यसका लागि केही कुरामा ध्यान दिनुपर्दछ । इन्स्टाग्राममा फलोअर्स बढाउने केही काइदा यस्ता छन् :

  • प्रोफाइल अप्टिमाइज गर्नुहोस् : इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउनका लागि प्रोफाइल अप्टिमाइज गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । वास्तवमा प्रयोगकर्ताको प्रोफाइल नै उसको डिजिटल पहिचान हो । प्रोफाइलमा प्रयोगकर्ताको तस्वीर, बायो तथा कुनै वेबसाइटको लिंक पनि जोड्न सकिन्छ। यस प्रकारले प्रोफाइललाई आकर्षक बनाएर फाइदा उठाउन सकिन्छ।
  • कन्टेन्ट (सामग्री) मा ध्यान दिनुहोस् : इन्स्टाग्राममा कन्टेन्ट अर्थात् अपलोड गर्ने सामग्रीको भूमिका निकै ठूलो हुन्छ । यदि तपाईंले आफ्नो अकाउन्टमा राम्रो खालको कन्टेन्ट अपलोड गर्नुभयो भने फलोअर्सको संख्यामा पनि स्वभाविक रुपमा वृद्धि हुन्छ । यद्यपि आफ्नो फोटो वा भिडियोसँग प्रयोगकर्ताका लागि राम्रो भिजुअल पनि तयार गर्न सकिन्छ। साथै आफ्नो कन्टेन्टसँगै उत्कृष्ट खालको तथा सान्दर्भिक ह्यासट्याग पनि प्रयोग गर्न सकिन्छ ।
  • निरन्तर रुपमा पोस्ट गर्नुहोस् : इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले सामग्री अर्थात् कन्टेन्टमा निरन्तरता चाहिन्छ । यदि तपाईंले सही समयमा अर्थात् नियमित रुपमा इन्स्टाग्राममा पोस्ट गरिरहनुभयो भनेमात्रै फलोअर्सको संख्या बढ्न सकछ।
  • फलोअर्ससँग कुराकानी : इन्स्टाग्राममा फलोअर्स बढाउनका लागि धेरै दुःख गर्नु पर्दैन । अकाउन्टमा अपलोड गरिएका पोस्टमा अरुले विभिन्न कमेन्ट गर्ने गर्दछन् । यस्तोमा यदि तपाईंले नियमित रुपमा ती कमेन्टको जवाफ वा प्रतिक्रिया दिनुभयो भनेपनि फलोअर्सको संख्या बढ्नेछ। आफ्ना अडियन्ससँग समय समयमा कुराकानी गर्नु फलदायी साबित हुनसक्छ । फलोअर्सलाई पोस्टमा लाइक तथा कमेन्ट गर्नका लागि प्रोत्साहित गर्न सकिन्छ । यसका लागि प्रयोगकर्तालाई विभिन्न खालका गिफ्ट आदिको अफर पनि दिन सकिछ ।
  • उपयुक्त ह्यासट्यागको प्रयोग : इन्स्टाग्राम पोस्टसँगै त्यससँग सम्बन्धित ह्यासट्यागको प्रयोग सही ढंगले गर्नुहोस् । यसबाट फलोअर्सको संख्यामा वृद्धि हुन्छ। सही तथा उचित ह्यासट्यागको प्रयोगबाट तपाईंको इन्स्टाग्राममा प्रयोगकर्ताको आगमन बढ्दछ । साथै अडियन्सको बीचमा तपाईंको पोस्टहरुको पहुँचमा पनि वृद्धि हुन्छ ।
  • विश्लेषण : इन्स्टाग्राममा फलोअर्स बढाउनका लागि समय समयमा आफ्ना पोस्टको विश्लेषण गर्नुहोस् । पोस्टमा के गर्नुपर्छ र के गर्नबाट बच्नुपर्दो रहेछ भन्ने कुराको जाँच गर्नुहोस् । साथै प्रयोगकर्तालाई कस्ता खालका पोस्ट मन पर्छन् र कस्ता मन पर्दैनन् भन्ने कुरा पनि विश्लेषण गर्नुपर्छ । तत्कालको समयमा कस्तो खालका कन्टेन्टहरु चलिरहेका छन् ? भन्ने कुराको पनि हेक्का राख्दै सोही बमोजिमका कन्टेन्ट अपलोड गर्ने प्रयास गर्नुपर्छ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?