+

टीयू बीबीए कप क्रिकेट असार १२ देखि, २२ टोली सहभागी हुने

२०८१ असार  ८ गते १६:४२ २०८१ असार ८ गते १६:४२
टीयू बीबीए कप क्रिकेट असार १२ देखि, २२ टोली सहभागी हुने

८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरि बीबीए पढाइ हुने  कलेज सम्मिलित क्रिकेट प्रतियोगिता १२ असारमा सुरु हुने भएको छ ।

साविक विजेता टिम काठमाडौंकै पब्लिक युथ क्याम्पसको आयोजनामा टीयू बीबीए कप क्रिकेट प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा अहिलेसम्मकै धेरै २२ टोली सहभागी हुने आयोजक टोलीले जनाएको छ ।

झापाको मेची बहुमुखी क्याम्पस र काठमाडौंकै मोर्डन नेपाल कलेजले पहिलोपटक सहभागिता जनाउन लागेका हुन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछ । आयोजक इभेन्ट म्यानेजर म्यान क्यान डु का म्यानेजिङ डाइरेक्टर सुनिल थापाका अनुसार वर्षाको सिजन भएकाले एकै दिनमा ३ खेल पनि खेलाउनुपर्ने हुन सक्छ ।

आयोजक पब्लिक युथ क्याम्पसका बीबीए डाइरेक्टर राजुभाइ मानन्धरले खेलमा अनुशासनको निकै महत्व हुने जनाउँदै बीबीएबाट उत्कृष्ट टिम र खेलाडी निस्कनेमा आशावादी रहेको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पब्लिक युथ क्याम्पस र पिपल्स क्याम्पस खेल्नेछन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय