+
+

कार्यकर्तालाई देउवाको निर्देशन : पार्टीलाई कसैले हराउन नसक्ने गरी काम गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १८:००

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कसैले पनि हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार नवलपरासी पश्चिमको परासीमा नेता कार्यकर्ता भेटघाटका क्रममा उनले कांग्रेसलाई बलियो बनाउन निर्देशन दिएका हुन् । उनले चुनावमा हुने अन्तर्घात अन्त्य गर्न अहिलेदेखि नै योग्यता र

क्षमताका आधारमा नेता कार्यकर्तालाई पार्टीभित्रको पदमा जिम्मेवारी दिन पनि निर्देशन दिएका छन् । त्यस्तै सबै तहमा प्रशिक्षण कार्यक्रमहरु राख्न र राजनीतिक विचारहरु प्रवाह गर्न पनि निर्देशन दिएका छन् ।

देउवाले पार्टीमा दण्ड र पुरस्कारको थिति बसाल्ने भन्दै ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?