+

धेरै पछि क्रिकेट खेल्दा डेब्यू गरेजस्तो भयो : सन्दीप लामिछाने

२०८१ असार  ८ गते १९:१२ २०८१ असार ८ गते १९:१२
धेरै पछि क्रिकेट खेल्दा डेब्यू गरेजस्तो भयो : सन्दीप लामिछाने

८ असार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले धेरै पछि क्रिकेट खेल्न पाउँदा आफूलाई डेब्यू गरेजस्तो लागेको बताएका छन् ।

वेष्ट इण्डिजमा टी–२० विश्वकप खेलेर शनिबार नेपाल फर्र्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै उतारचढावका बीच क्रिकेट खेल्न पाएको बताए ।

‘धेरै लामो समयदेखि क्रिक्रेट फिल्डमा पाइला राख्दा डेब्यू गरेजस्तो लागेको थियो’, उनले भने, ‘यहाँदेखि त्यहाँसम्म जाँदा धेरै अप्स एण्ड डाउन्सहरु भए, धेरै प्रेसर भयो ।’

आफूलाई विश्वकप क्रिकेट खेल्ने वातावरण बनाउन नेपाल क्रिकेट संघले मिहिनेत गरेको भन्दै उनले धन्यवाद दिए । ‘उहाँहरुले तिमी जसरी भए पनि विश्वकप खेल्छौं भन्नुभएको थियो’, सन्दीपले भने ।

टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित हुनु धेरै दुःखको कुरा भएको सन्दीपले बताए । सो खेलमा सबै खेलाडीले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको र केही अनुभवको कमी भएको उनको भनाइ छ ।

क्रिकेट टी-२० विश्वकप सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय