
८ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
बा ३ क ३०५३ नम्बरको टिपर र बा प्र ०२–०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार आपसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते रहेका स्कुटर चालकको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4