+

टाइम आउटले जित्यो थ्री बाई थ्री बास्केटबलको उपाधि

२०८१ असार  ८ गते १९:३८ २०८१ असार ८ गते १९:३८
टाइम आउटले जित्यो थ्री बाई थ्री बास्केटबलको उपाधि

७ असार,काठमाडौं । टाइम आउट नेपालले लोयल्टी कप एसईई थ्री बाई थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको कोर्टमा भएको रोमाञ्चक फाइनलमा टाइम आउटले मनास्लुलाई १८–१७ ले पराजित गर्‍यो । विजयी टिमका लागि आशिष थापा मगरले १०, लक्की महर्जनले ४, साइरस थापा मगरले ३ र अनिशसिंह धामीले १ स्कोर गरे । उपाधिसंगै टाइम आउटले २० हजार तथा मनास्लुले १० हजार नगद पुरस्कार पाए ।

त्यसअघि टाइम आउटले शनिबारै भएको क्वाटरफाइनलमा एण्ड वान तथा सेमिफाइनलमा सेल्फ मेडलाई हराएको थियो । टाइम आउटका आशिष ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, निर्देशक नन्दा सुब्बा, प्रिन्सीपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जनाएका छन् ।

खेलकुद थ्री बाई थ्री बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय