+

अरहान्त र विपनाले जिते प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वासको उपाधि

२०८१ असार  ८ गते २०:४६ २०८१ असार ८ गते २०:४६
अरहान्त र विपनाले जिते प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वासको उपाधि

८ असार, काठमाडौं । शीर्ष वरियताका अरहान्त केशर सिम्ह र दोस्रो वरीयताकी विपना ब्लोन प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको शनिवार उपाधि जितेका छन् ।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बने ।  अरहान्तले अमिरलाई ११–५, ८–११, ११–७, ११–४ ले हराए ।

यसैगरी महिला एकलको फाइनलमा दोस्रो वरीयताकी विपनाले शीर्ष वरीयताकी स्वस्थानी श्रेष्ठलाई ३–० को सेटमा पराजित गरिन् । विपनाले स्वस्थानीलाई ११–६, ११–७,११–८ को सेटमा हराउँदै अघिल्लो महिना भएको एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा बेहोरेको हारको बदला समेत लिइन् ।

यस्तै मास्टर्स ४५ वर्षमाथि राजेन्द्र शाक्यले फाइनलमा दिलिप अधिकारीलाई ११–३, ११–२, ११–६ ले हराउँदै विजेता बने ।

ओलम्पिक डे २०२४ को अवसर बुधबारदेखि सुरु भएको प्रतियोगितामा पुरुष एकल, महिला,  मास्टर्स ४५ वर्ष माथि, यू-१७ ब्वाइज र यू-१७ गर्ल्स गरी पाँच इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

 

अरहान्त केशर राष्ट्रिय स्क्वास च्याम्पियनसिप विपना ब्लोन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय