+

टर्कीलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

२०८१ असार  ९ गते ७:२९ २०८१ असार ९ गते ७:२९
टर्कीलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

९ असार, काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो-२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३-० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो ।

पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे ।

टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ ले पराजित गरेको थियो ।

पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ । दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ ।

अब पोर्गुचलले समूहको अन्तिम खेलमा पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यस्तै टर्कीले अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्नेछ ।

पोर्चुगल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय