+

टी-२० विश्वकपमा अस्ट्रेलियाका प्याट कमिन्सको कीर्तिमानी ह्याट्रिक

२०८१ असार  ९ गते ८:१४ २०८१ असार ९ गते ८:१४
टी-२० विश्वकपमा अस्ट्रेलियाका प्याट कमिन्सको कीर्तिमानी ह्याट्रिक

९ असार, काठमाडौं । अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले आईसीसी टी-२० क्रिकेट विश्वकपकपमा कीर्तिमानी ह्याट्रिक विकेट लिएका छन् ।

कमिन्सले आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर-८ को खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिंदै लगातार दुई खेलमा ह्याट्रिक लिने कीर्तिमान बनाए ।

कमिन्स टी-२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी हुन् ।

यस्तै टी-२० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने पनि कमिन्स एक मात्र बलर हुन् । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए ।

सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८औं ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । त्यसपछि २०औं ओभरमा उनले पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले राम्रो सुरुआत गरेपनि कमिन्सको ह्याट्रिक विकेट र एडम जाम्पाको २ विकेटपछि ६ विकेट गुमाएर १४८ रन बनाएको छ ।

पहिलो विकेटका लागि रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले १५.५ ओभरमा ११८ रनको साझेदारी गरेका थिए । मार्कुस स्टोइनिसले गुर्बाजलाई आउट गर्दै अष्ट्रियालाई पहिलो सफलता दिलाएका थिए ।

प्याट कमिन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय