+
+

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते ९:१३

९ असार, काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ ।

बैंकसँग रहेको सो संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय बिराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । आवेदन दिने अवधि असार १७ गतेसम्म तोकिएको छ ।

क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ हुनेगरी न्यूनतम १० हजार कित्ता तथा अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सो मूल्यभन्दा कम हुनेगरी आवेदन दिएमा रद्द हुने छ ।

हाल निफ्रामा विभिन्न बैंक तथा वित्तीय संस्थाको २०.८९ प्रतिशत, सरकारको १०, सर्वसाधारणको ४०, जीवन तथा निर्जीवन बीमा कम्पनीको १८.९७, निजी तथा सार्वजनिक कम्पनीको ५.१५ प्रतिशत हिस्सा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?