+
+

टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते ९:४६

९ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।

अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो ।

गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अरु ब्याटर चलेनन् ।

अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।

अफगानिस्तान सुपर-८ को पहिलो खेलमा इन्डियासँग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो ।

एक/एक खेलमा हार र जितको नतिजा निकालेका यी दुवै टोलीको दुई/दुई अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया अगाडि छ ।

अब अष्ट्रेलियाले इन्डिया र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन् । बाँकी खेल दुवैले जिते नेट रनरेटका आधारमा सेमिफाइनल जाने टोलीको निर्णय हुनेछ ।

यो समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?