
९ असार, काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ
सशस्त्र प्रहरी बलको टोलीले शनिबार एक किशोरीको शव फेला पारेको हो । शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको हो ।
बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4