+
+

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते ११:४९

९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।

‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले गोप्य राखेका छौं ।’

अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।

‘ती दुई फाइलको अनुसन्धान करिब–करिब टुंगिएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले मुद्दा दायर गर्ने निर्णय भएको हो । विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?