+
+

टाउकोमा ताप्के बजार्दै घरमा छिरेको चोरलाई भगाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १२:२५

कहिलेकाहीँ लुटेराको फेला पर्दा हामी यतिधेरै भयभित हुन्छौं कि दिमागले नै काम गर्दैन ।

ज्यान जोगाउनका लागि लुटेराले भने बमोजिम शरणागत हुनुको विकल्प हुँदैन अधिकांश अवस्थामा । तर, कतिपय मानिसले यही मौकामा यस्तो दिमाग चलाउँछन् कि लुटेरा नै हायलकायल हुन्छ । हालै एउटा यस्तै भिडियो सार्वजनिक भएको छ ।

घटना अमेरिकाको शिकागोमा भएको हो । विलियम नामक एक व्यक्ति कार्यालयबाट फर्किंदै गर्दा फोनमा अलर्ट आयो कि उनको घरमा चोर पस्यो । त्यसपछि उनी हतारिंदै घर आएर भित्र छिरे र सरासर हातमा ताप्के उठाएर लुटेरामाथि जाइलाग्न थाले ।

लुटेराको टाउकोमा ताप्के बजार्दै उसलाई बगैंचामा लखेट्न थाले । लुटेरा गेटबाहिर निस्किने क्रममा उनले उसको टाउकोमा ताप्के बजारेको भिडियोमा देखिन्छ । त्यति नै बेला सडकमा पुलिस देखिन्छन्, उनीहरुले लुटेरालाई नियन्त्रणमा लिन्छन् ।

उक्त भिडियो घरकै सिसिटिभी क्यामेरामा कैद भएको हो र जुन निकै भाइरल बनिरहेको छ । धेरैजनाले ती व्यक्तिको आँट, तत्कालै निर्णय गर्नसक्ने क्षमता र समझदारीको तारिफ गरेका छन् । शिकागो प्रहरीले पनि एकजना संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको जनाएको छ ।

भिडियो –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?