+
+

ह्वाट्सएपमा एचडी क्वालिटीका फोटो कसरी पठाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १२:३७

इन्स्ट्यान्ट मेसेजिङका लागि प्रयोग हुने सबैभन्दा लोकप्रिय प्लाटफर्म हो ह्वाट्सएप । यसमा हामीले तस्वीर, भिडियो, भ्वाइस नोट, कन्ट्याक्टदेखि लोकेसन र डकुमेन्टहरू समेत आदानप्रदान गर्न सक्छौं। तर, ह्वाट्सएपमा तस्वीर पठाउँदा यसले तस्वीरलाई कम्प्रेस गर्ने अर्थात् यसको साइज घटाउने भएको हुँदा उच्च क्वालिटीका तस्वीर आदानप्रदानका लागि मानिसहरुले अन्य विकल्प प्रयोग गर्ने गर्दथे ।

प्रयोगकर्ताको त्यही गुनासोलाई सम्बोधन गर्दै ह्वाट्सएपले एचडी क्वालिटीका तस्वीर पनि आदानप्रदान गर्न सकिने फिचर ल्याएको छ ।

मेटाले ह्वाट्सएपमा गत वर्षदेखि ल्याएको यो बहुउपयोगी फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध छ । यसमा च्याट थ्रेडमा एचडी आइकनमा क्लिक गरेर आफूले पठाउने तस्वीर अट्याच गर्नुपर्छ।

ह्वाट्सएपको च्याटमा एचडी तस्वीर पठाउने तरिका यस्तो छ :

  • फोनमा ह्वाट्सएप खोल्नुहोस् र कुनै च्याट थ्रेड छान्नुहोस्
  • त्यसपछि अट्याचमेन्ट आइकनमा ट्याप गर्नुहोस् । यसका लागि एन्ड्रोइडमा पेपर क्लिप आइकन हुन्छ भने आइओएसमा प्लस चिह्न हुन्छ ।
  • आफूले पठाउन चाहेको तस्वीर छान्नुहोस् ।
  • त्यसपछि माथिल्लो भागमा एचडी आइकन देखिन्छ, जुन rotate तथा crop  अप्सनको छेउँमा हुन्छ।
  • उच्च क्वालिटीयुक्त तस्वीर पठाउनका लागि एचडी बटनमा ट्याप गर्नुहोस् र send मा थिच्नुहोस् ।

स्मरण रहोस् ह्वाट्सएपमा डिफल्ट रुपमा पठाउँदा भने प्रेषित तस्वीरको गुणस्तर स्टाण्डर्ड क्वालिटीको हुन्छ।

फाइलको साइज घटाउनका लागि ह्वाट्सएपले तस्वीरलाई कम्प्रेस गर्दछ। त्यसैले यदि तपाईंले उच्च गुणस्तरमा तस्वीर पठाउन चाहनुहुनछ भने एचडी आइकनमा थिच्नुपर्छ।

प्रापकको हकमा भने तस्वीरको पिंधमा बायाँपट्टि नै एचडी क्वालिटी भएको संकेत देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?