+
+

तनुश्री दत्तले लगाएको यौन दुर्व्यवहारको आरोपबारे दुई वर्षपछि नाना पाटेकरले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १२:४५
फाइल तस्वीर

काठमाडौं । सन् २०१८ मा मी टू अभियानका दौरान बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

तनुश्रीको यो आरोपका विषयमा नाना पाटेकरले नयाँ बयान दिएका छन् । तनुश्रीले सन् २००८ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को एक गीतको सुटिङका ​​क्रममा नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भारतीय मिडिया द लालनटपलाई दिएको एक अन्तर्वार्तामा अभिनेता पाटेकरले आफूमाथि लागेको आरोप झुटो भएको कुरा सुरुदेखि नै उनलाई थाहा भएको बताए ।

‘मलाई थाहा थियो यो सबै झुट हो । त्यसैले मलाई रिस उठेन । यो सबै झुटो हुँदा म किन रिसाउनु ? ती सबै कुरा पुरानो भइसकेका छन् । हामी यसबारेमा के कुरा गर्न सक्छौं र ?’ पाटेकरले भने, ‘कसैले अचानक तिमीले यो गर्‍यौ भनेर भन्दा म के भन्न सक्छु ? मैले यो गरेको होइन ? मलाई थाहा छ कि मैले केही गरेको छैन ।’

के भनेकी थिइन् तनुश्री दत्तले ?

सन् २०१८ मा भारतमा मी टु अभियान सुरु भएको बेला तनुश्रीले जब उनले नाना पाटेकर, कोरियोग्राफर गणेश आचार्य र निर्देशक विवेक अग्निहोत्रीले फिल्मको सुटिङका ​​क्रममा आफूसँग अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन् । तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’ को एक गीतको सुटिङका ​​क्रममा नानाले आफूमाथि यौन उत्पीडन गर्ने प्रयास गरेको बताएकी छन् । गीत एक अभिनेतामा मात्र खिच्ने बताइए पनि नाना सुटिङको दिन सेटमा उपस्थित रहेको तनुश्रीले बताएकी थिइन् ।

हिन्दुस्तान टाइम्सलाई सन् २०२२ मा दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म भारत फर्किएपछि धेरै कुरा भइसकेका छन् । म आफ्नो करिअर पुन: सुरु गर्न चाहन्छु । म प्रयास गर्दैछु र मानिसहरू काम गर्न इच्छुक छन् । बलिउड माफियाले मेरो छवि खराब भएको बताएपनि मलाई फिल्मका साथै वेब-प्रोजेक्टहरू पनि साइन गरिएको छ तर अचानक पूरा भएको छैन । निर्देशकहरू मौन मोडमा जान्छन् वा परियोजनाहरू बन्द हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?