
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले औद्योगिक करिडोर क्षेत्रमा निर्वाध रूपमा विद्युत् आपूर्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले देशभित्र स्थापित उद्योग र औद्योगिक करिडोर क्षेत्रले अघोषित लोडसेडिङ् भोग्नु परिरहेको बताए ।
‘देशका औद्योगिक करिडोर र उद्योग क्षेत्रमा विद्युत् आपूर्तिको अवस्था निकै दुर्दशापूर्ण रहेको कुरा अवगत नै छ,’ उनले भने, ‘म उक्त क्षेत्रहरूमा निर्वाध बिजुली उपलब्ध गराइ दीर्घकालीन व्यवस्थापन गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई विनम्र आग्रह गर्दछु ।’
औद्योगिक करिडोर र उद्योग क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था गरेर त्यसबारे सदनलाई जानकारी गराउन पनि उनले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4