+
+

प्रधानमन्त्रीलाई चित्रबहादुर केसीको प्रश्न : मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १३:४५

९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा निरीह देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै केसीले प्रधानमन्त्रीले सम्बोधन गर्दा आफ्नै मन्त्रिपरिषदका सदस्यहरु पनि उपस्थित नहुनु गम्भीर विषय भएको बताए ।

‘अस्ति प्रधानमन्त्रीले रोष्ट्रमबाट बिलौना गर्नुभयो । प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा आफ्नै वरिष्ठ मन्त्रीहरु उपस्थित नहुने । उहाँले बैराग गर्नुभयो । कसका कारणले भयो यस्तो ?’ केसीले भने ।

६ असारमा प्रतिनिधि ससभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरेका थिए ।

त्यसदिन प्रधानमन्त्री संसदमा बोलिरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा थिए । तर, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अनुपस्थित थिए ।

सांसद केसीले आफ्नै मन्त्रिपरिषदका सदस्यलाई प्रधानमन्त्रीले कस्तो शिक्षादीक्षा दिए र कस्तो कमाण्डिङ गरे भनेर पनि सोधे ।

‘संसदप्रति, गणतन्त्रप्रति, लोकतन्त्रप्रति स्वयं आफ्ना सहयोगीले यति उपेक्षा गर्दा उहाँले ती सहयोगीलाई कस्तो शिक्षादिक्षा दिनुुहुन्छ ? कस्तो कमाण्डिङ गर्नुभएको छ ?’ केसीले प्रधानमन्त्री प्रचण्डलाई सोधे ।

कुनै मन्त्रीले आफ्नो जिल्लामा दशौं अर्ब थुपार्दा अन्य जिल्लाका सांसदहरु रित्तो हात निर्वाचन क्षेत्रमा जानुपर्ने अवस्था रहेको केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?