+
+

केएमसीमा ‘फन मेनिया’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:०६

काठमाडौं । ललितपुरको काठमाडौं मोडेल कलेज (केएमसी) ले ‘केएमसी फन मेनिया’ कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी उत्प्रेरक कमिटीले ७ असारमा सो कार्यक्रम आयोजना गरेको हो ।

केएमसी ललितपुर, एओसी र एसीसीद्वारा आयोजित उक्त कार्यक्रम सिग्नेचर कार्यक्रमको रूपमा स्थापना गरिएको हो ।

केएमसी ललितपुरको खुला प्राङ्‍गढमा बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा एसईई दिएर बसेका देशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मौलिक परम्परा झल्किने सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित विद्यार्थीले कलेजको कार्यक्रमबाट प्रभावित भएको प्रतिक्रिया दिए ।

विद्यार्थीमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले विगतदेखि नै अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजका प्राचार्य सुनिल गैरेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?