+
+

फेसबुक मेसेन्जरमा कल गर्दा स्क्रिन शेयर कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:१४

फेसबुकले आफ्नो मेसेन्जर प्रयोगकर्ताहरुलाई स्क्रिन शेयर फिचर उपलब्ध गराएको छ । यो फिचरबाट प्रयोगकर्ताले मेसेन्जरमा भिडियो तथा अडियो कल गर्दा आफ्नो डिभाइसको स्क्रिन शेयर गर्न सक्दछन् । मेसेन्जरमा स्क्रिन शेयर गर्नका लागि :

एन्ड्रोइड तथा आइफोनमा स्क्रिन शेयर गर्ने तरिका

  • मेसेन्जर खोल्नुहोस् र आफुले स्क्रिन शेयर गर्न चाहेको व्यक्तिलाई कल गर्नुहोस्
  • कल गरिरहेको बेला call control का अतिरिक्त फिचर देखाउनका लागि स्क्रिन स्वाइप गर्नुहोस्
  • त्यसपछि Share Your screen आइकनमा जानुहोस् र त्यसमा ट्याप गर्नुहोस्
  • कतिपय डिभाइसमा तपाईंले तत्कालै पूरै स्क्रिन शेयर सुरु गर्न सक्नुहुनछ भने कतिपयमा चाहिं निश्चित एप्लिकेसन विन्डो मात्रै शेयर गर्ने विकल्प दिइन्छ । आफूलाई उपयुक्त हुने विकल्प छान्नुहोस् ।
  • यसक्रममा मेसेन्जरलाई स्क्रिन रेकर्ड गर्ने अनुमति दिनुपर्ने हुनसक्छ । यसका लागि Allow वा Start Recording मा ट्याप गर्नुहोस्
  • स्क्रिन शेयर गर्ने बेलामा तपाईंले स्क्रिनको माथि वा तल्लो भागमा सानो कन्ट्रोल प्यानल देख्न सक्नुहुन्छ। यसबाट तपाईंले शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न तथा क्यामरा खोल्न वा बन्द गर्न सक्नुहुन्छ।
  • स्क्रिन शेयरिङ बन्द गर्नुपर्दा कन्ट्रोल प्यानलको stop बटन थिच्नुहोस् वा स्क्रिनमा देखिएका निर्देशनको पालना गर्नुहोस् । यसमा रातो बटनमा ट्याप गर्ने वा स्क्रिनको माथिबाट तल स्वाइप गर्नुपर्ने हुन्छ।

डेस्कटपमा स्क्रिन शेयर गर्ने तरिका

  • कम्प्युटरमा फेसबुक मेसेन्जर साइट वा एप खोल्नुहोस् र सम्बन्धित व्यक्तिलाई कल गर्नुहोस्
  • कल स्क्रिनमा स्क्रिन शेयरिङ बटन खोज्नुहोस् । यो मोनिटरको चित्र जस्तै आइकन हुनसक्छ वा Share Screen लेखिएको बटन हुनसक्छ। त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि पूरै स्क्रिन वा कुनै निश्चित एप्लिकेसन विन्डो शेयर गर्ने भन्ने कुरा छान्ने विकल्प आउँछ, त्यसमा आफ्नो छनोटको विकल्प रोज्नुहोस् ।
  • स्क्रिन शेयरिङ सुरु गर्नका लागि Share बटनमा थिच्नुहोस्
  • स्क्रिनमा सानो कन्ट्रोल प्यानल देखापर्नेछ। त्यसबाट तपाईंले शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न वा क्यामरा खोल्न तथा बन्द गर्न सक्नुहुनछ।
  • स्क्रिन शेयरिङको काम सकिएसँगै कन्ट्रोल प्यानलमा देखिएको Spot बटनमा थिच्नुहोस् वा स्क्रिन शेयरिङ बन्द गर्नका लागि स्क्रिनमा देखिएका निर्देशन पालना गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?