+
+

पर्यटनमन्त्री तामाङको गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा करोडौं बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १८:२०

९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा पर्यटन मन्त्रालयको करोडौं बजेट छुट्याइएको पाइएको छ ।

मन्त्रालयको वार्षिक विकास कार्यक्रम २०८१/८२ अनुसार पर्यटन मन्त्री तामाङले आफ्नो गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा करोडौं रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

नुवाकोटको चिसापानी सूर्यगढी ५ स्थित सहिद स्मृति पार्कलाई १ करोड, शिवालय तारकेश्वरस्थित सहिद स्मृति पार्कलाई १ करोड, शिवपुरी नुवाकोटस्थित सुइरेचौर सहिद पर्यटन पार्कका नाममा १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैगरी नुवाकोटकै बागमारा सहिद पार्क तादीलाई १ करोड २० लाख, पोष्टबहादुर स्मृति प्रतिष्ठान भवन नुवाकोटलाई १ करोड, दुप्चेश्वर मन्दिर पूर्वाधार विकास तथा गणेश पण्डित स्मृति पार्कलाई १ करोड बजेट विनियोजन गरिएको छ ।

साथै कुमारी शहिद पार्क नुवाकोटलाई १ करोड ५० लाख, चम्टिश्वर क्षेत्र पर्यटन पूर्वाधार बेलकोटगढीलाई २ करोड र नुवाकोटको ककनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा पूर्वाधार निर्माणलाई समेत पर्यटन मन्त्रालयको ५ करोड बजेट छुट्याइएको छ ।

अन्य अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयबाट निर्माण भइरहँदा ककनीमा भने पर्यटनले बजेट छुट्याएको हो । यी शहिद स्मृति पार्कहरूमा पर्यटन विभागमार्फत बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?