+
+

विदेशी सुरक्षाकर्मी आएर इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैन : रक्षामन्त्री उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:२४

९ असार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले परिषदलाई अझ प्रभावकारी र सबै सुरक्षा संयन्त्रहरुको बीचमा सशक्त समन्वयको माध्यम बनाउनुपर्ने धारणा राखे ।

‘बाह्य चलखेललाई जस्तो कुनै अपराधीहरु आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इनकाउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषदलाई थाहा हुँदैन । त्यो अवस्था पनि छ’, उनले भने ।

यस्तो अवस्थामा सुरक्षा संयन्त्रहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तीन वटै सुरक्षा संयन्त्रको बीचमा सुरक्षा समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ ।’

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढेको बताए ।

राष्ट्रिय सुरक्षा परिषदका सम्बन्धमा विभिन्न किसिमका वक्तव्य दिनेहरुलाई नोटिसमा राख्ने गरी विधेयक बनाइएको पनि रक्षामन्त्री उप्रेतीले जानकारी दिए ।

‘विदेशमा गएर यत्रो फेटा बाँध्दै हामीलाई अब पासपोर्ट पनि एउटै भए हुन्छ, करेन्सी पनि एउटै भए हुन्छ भन्ने यहाँ (नेपाल) आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि हामी जानकारीको रुपमा सुरक्षा परिषद विधेयकअनुसार नोटिस गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?