+
+

पर्यटनका खुद्रे कार्यक्रम पनि संघको बजेटमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:४०
फाइल तस्वीर

९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ लाखसम्मका खुद्रे कार्यक्रम समेत संघीय निकायबाटै कार्यान्वयन गर्ने गरी बजेट छुट्याएको छ ।

खासगरी पुरातात्विक स्थल संरक्षण आयोजना अन्तर्गत पुरातत्व विभागबाट १ लाख रुपैयाँसम्मका कार्यक्रम समेत संघबाट खर्च गर्ने गरी छुट्याइएको छ ।

यसअघि सरकारले ३ करोडभन्दा साना र खुद्रे आयोजना स्थानीय तहबाट कार्यान्वयन हुने बताएको थियो ।

तर, व्यवहारमा भने संघीय निकायले १ लाखसम्मका खुद्रे आयोजना र कार्यक्रममा बजेट राखेका छन् ।

पुरातत्व विभागबाट पुरातात्विक स्थल संरक्षण तर्फ अधिकांश ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसभन्दा तल १, २, ३ र ४ लाख रुपैयाँका आयोजना तथा कार्यक्रम समेत बजेटमा राखिएको छ ।

प्रदेश नम्बर २ मा रहेका पुरातात्विक वस्तु तथा सम्पदाको रसायन संरक्षण कार्यक्रमको बजेट १ लाख रुपैयाँ रहेको छ ।

विश्व सम्पदा सूची, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका पुरातात्विक वस्तु तथा सम्पदाको रसायन संरक्षणका लागि समेत १/१ लाख रुपैयाँले बजेट विनियोजन गरिएको छ ।

भक्तपुरको देविस्थान मन्दिर पुनर्निर्माणलाई समेत १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?